Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

यसरी मनाईयाे तमु ल्होसार (फाेटाेफिचर)

ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए । ठेकी परम्परागत थियो । निकै पुरानो रहेछ रु सोध्नेहरुलाई उनले भने, “अनि यो ठेकी आजको हो त रु तीनपुस्ते पुरानो नि ।”
 
उमेरले ६३ पुगेकी देवकुमारीले आज टुँडीखेलमा भएको तमु ल्होसार महोत्सवमा परम्परागत संस्कृति प्रदर्शन गर्न घरबाटै पुख्र्यौली ठेकी लिएर आएको थियो । उनले उक्त ठेकीमा आफ्नो मौलिकपनसँगै पुर्खाका भावनासमेत जोडिएको सुनाए । गोर्खाबाट ललितपुर बसाइँसराइ गर्दासमेत उनले पुख्र्यौली भाँडाकुँडासँगै राखेको बताए। 

losart.png
तमु ल्होसार मूल आयोजक समितिले आयोजना गरेको पदयात्रा र्‍यालीमा मौलिक पहिचान झल्किने घरको प्रतिबिम्ब प्रस्तुत

“यो ठेकीमा कुनै बेला कति मोही पारियो पारियो”, देवकुमारीले भने, “सानैमा बिहे गर्दिए, यस्तै ठेकी जत्रै थिएँ । अहिले यसैलाई हेर्दै विगत सम्झिँदा रमाइलो लाग्छ ।”

आदिवासी जनजातिको परम्परागत गरगहना, भाँडाकुँडादेखि रहनसहनमा सबैका कथा समेटिएका छन् । महोत्सवमा यिनै कथा र भावना साटासाट गर्दै गुरुङ समुदायले ल्होसार मनाउँदैछन् । जसमा नयाँ पुस्ता र पाका पुस्ता एक साथ रमाइरहेएको थियो ।  

new picture.png
तमु ल्होसारको अवसरमा मङ्गलबार आयोजित सांस्कृतिक र्‍यालीमा मौलिक वेशभूषामा गुरूङ समुदाय । वसन्तपुरबाट सुरू भएको र्‍याली न्यूरोड, वीर अस्पताल, रानीपोखरी, रत्नपार्क हुँदै टुडिखेलमा

भक्तपुर घर भएकी सोरठी गुरुङले आफूले लगाएका पुख्र्यौली गहनाको बेलीविस्तार सुनाए । मखमली चोली, छिट्को गुन्यो र नीलो पटुकीमा चिटिक्क परेकी सोरठीले पुर्खाले दिएको मुगामाला (पिरुमाला), शिरमा शिरफुल, शिरबन्दी र हबेल माला अति मायाले सम्हालेको बताए । उनका अनुसार ती गहना आमाले बिहेका बेला माइतीका तर्फबाट उपहार दिएकाे थियो । 

tamu sapolra.png
सैनिक मञ्च टुँडिखेलमा गुरूङ समुदायको महान चाड तमु ल्होसार महोत्सव २०८२ को अवसरमा आयोजित समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ

“यो गहना जति पुरानो हुन्छ, उति नै महत्वपूर्ण लाग्छ”, उनले भने, “जति दुःख परे पनि पुख्र्यौली गहना बेच्दिन भनेर जोगाएर राखेकी छु ।”

सोरठीका दुई छोरी छन् । आफूले यी गहनाहरु छोरीलाई उपहार दिने सोच राखेको उनले बताए । हजुरआमादेखि आमा र आमादेखि छोरीसम्म परम्परागत गहना हस्तान्तरण हुँदै आएको उनले बताए । 

महोत्सवमा गुरुङ समुदायका पुरुष पनि उत्तिकै परम्परागत शैलीमा देखिए । महोत्सवमा संयुक्त परिवारसँगै टुँडिखेल आएका ७० वर्षीय धर्ने गुरुङले ७ वर्षको नातिलाई परम्परागत पोसाक कछाड लगाउने तरिका सिकाउँदै थियाे । उनले युवा पुस्तालाई समेत साथमा लिएर संस्कार र संस्कृति बुझाउँदै थिए । 

tami new losar.png
प्रथम राष्ट्रिय च्याउ दिवसका अवसरमा आयोजित च्याउ मेला तथा परिकार महोत्सवमा सहभागीहरु । तस्बिरः हरिराम भेटुवाल

“कछाड लगाउन नातिले जान्दैन, सिकाउनु त पर्यो”, उनले भने, “हाम्रो संस्कृति र परम्परा नाति पुस्ताले सिकून् भन्ने रहर लाग्दोरहेछ ।”

धर्नेले जस्तै, महोत्सवमा कला, संस्कृति र वेशभूषादेखि गुरुङ समुदायको जीवनशैलीसमेत प्रदर्शन गरिएको थियो । खासगरी, गुरुङ समुदायले खाने परम्परागत परिकारका कक्ष धेरै थिए । सेलरोटी, बङ्गुरको मासु, अचारलगायत परिकार पकाएर उनीहरुले दर्शकको मन तानेका छन् । रक्सी बनाउने परम्परागत कलासमेत प्रदर्शनीमा देखाइएको थियो ।

losar (1).png
बन्दीपुर भ्रमण वर्ष तथा तमु ल्होसारको अवसरमा मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक एक हजार जनाले सहभागी भएर चुड्का नाच प्रदर्शन गर्दै । तस्बिरः सागर गिरी

महोत्सवका संयोजक राजु गुरुङले गुरुङ समुदायको मौलिक संस्कृतिलाई सामूहिक रुपमा मनाउने र अरू समुदायलाई समेत उत्सवमा आकर्षित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।