Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रविप्रति ओलीकाे व्यङ्ग्य: ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ?'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । आज मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले महाधिवेशनले अर्को जवाफ दिने तयारी गरेको भन्दै देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने भन्दै कतिपयले प्रधानमन्त्री नै बनाइसकेको पनि बताए । तर आफूहरु भने चुनाव पर्खिरहेको बताए

त्यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरे ।

उनले दुब्लाको काम नै मोर्चा गर्ने भन्दै अरू पनि मोर्चा हुने बताए । ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?’ओलीले प्रश्न गर्दै भने ।