Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चुनाव अगाडि महाधिवेशन गर्दा निर्वाचनमा असर पर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने बताएका छन् । महाधिवेशन पहिला पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्ने भएकाले उनले यस्ताे बताएका हुन् ।

यदि निर्वाचनभन्दा अगाडि नै महाधिवशेन गर्ने भए पनि आफू बाधक नबन्ने उनले बताए ।

मंगलबार महाराजगन्जस्थित आफ्नै निवासमा केही पत्रकारसँग भेटघाट गरेका देउवाले आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताएका छन् ।