Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्छन्: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्कीले तमु ल्होसारको अवसरमा शुभकामना दिदै बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

मंगलबार तमु ल्होसारको अवसरमा प्रधानमन्त्री कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना गर्दै यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गर्ने बताएकी हुन् ।

आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।