Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै रवि र बालेनसँग वार्ता गर्न सुदन गुरुङको आग्रह

सोमबार बौद्धको अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । उक्त बैठक अपरान्ह समयमा कुलमान घिसिङ समेत सहभागी थिए ।

त्यही समयमा सुदन गुरुङ पुगेका थिए । उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै रास्वपा सभापति लामिछाने र मेयर बालेनसँग वार्ता गर्न आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा कुलमान फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए । तर, सुदनले नमानी कुलमानलाई हात समातेर लगेपछि उनी केन्द्रीय समितिबाट बाहिरिएका थिए ।

अहिले कमलपोखरीमा रवि, मेयर बालेन र घिसिङबिच अन्तिम वार्ता भइरहेको छ । उक्त वार्ताको निष्कर्षका आधारमा सूची बुझाउने कि नबुझाउने निश्चित हुने केन्द्रका सदस्यले बताएका छन् ।