Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

उज्यालो पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि वार्ता निष्कर्षविहीन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार सात घण्टा चलेको वार्ता निष्कर्षविहीन बन्न पुग्यो । रास्वपाले उज्यालो पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि उक्त वार्ता निष्कर्षविहीन बन्न पुगेको हो ।

पुनः छलफलका लागि भने वार्ता हुन सकेको छैन । उज्यालो नेपालले रास्वपासँग एकता गर्न उपसभापतिसहित पार्टीमा समग्र  ३० प्रतिशत भागबन्डा हुनुपर्ने माग गरेको थियो ।

सोमबारको वार्तामा पार्टी एकीकरण गरेर जान रास्वपाले बढीमा १५ प्रतिशत मात्रै दिने प्रस्ताव गरेपछि कुलमानले पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता बिना कुनै पनि किसिमको एकता गर्न नसकिने जवाफ फर्काएको स्रोतले जनाएको छ ।