Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कुलमानको पार्टीबाट त्रिशला गुरुङ समानुपातिक उम्मेदवारमा सिफारिस

उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत डाक्टर तथा गायिका त्रिशला गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको छ । उक्त पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।

प्रवक्ता राजु थापाका अनुसार हालको स्वास्थ्य प्रणालीमा देखिएको असमान पहुँच, ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकीको अभाव, स्वास्थ्य जनशक्तिको अभाव, उपचारमा बढी खर्च, बजेटको अभावजस्ता प्रमुख चुनौतीहरु छन् ।

पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको पार्टी प्रवक्ता थापाले जानकारी दिए ।