नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।
आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँको कीर्तिमानी उचाईमा पुगेको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको हो ।
यस्तै, आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । नेपाली बजारमा आज कायम भएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।