Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पार्टी परित्याग गर्नेलाई पुनः कांग्रेसमै फर्कन आह्वान

नेपाली कांग्रेसले कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने भएको छ । विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गरेको परिपत्रमा केन्द्रीय कार्यसम्पादन समितिको गत पुस १२ गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ । 

कार्यसम्पादन समितिले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक तथा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय गरेको थियो । निर्णयमा कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीमा पहिले बहाल रहेको पद तत्काल फिर्ता नहुने उल्लेख छ ।

त्यस्तै बैठकले विगतमा पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकालाई पुनः कांग्रेसमै फर्कन हार्दिक आह्वान गरेको छ ।

congress_u7bB9PXLpX.jpg
undefined