निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले नयाँ आचारसंहिता पारित गरेको हो।
स्वीकृत आचारसंहितामा यसपटक महत्वपूर्ण सुधारहरू समेटिएका छन्। विशेषतः, निर्वाचित दल वा उम्मेदवारले हरेक वर्ष आफ्नो घोषणा पत्रअनुसारको कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ। यसले निर्वाचित प्रतिनिधिको जवाबदेहिता र पारदर्शिता बढाउने आयोगको अपेक्षा छ।
पहिलोपटक हरित निर्वाचन सम्बन्धी प्रावधान
यसअघि नभएको हरित निर्वाचन (Green Election) सम्बन्धी व्यवस्था पनि नयाँ आचारसंहितामा सम्बद्ध गरिएको छ। यसअन्तर्गत प्रचारप्रसारमा कागज, प्लास्टिक तथा वातावरणलाई हानि पुग्ने सामग्री न्यूनतम प्रयोग गर्ने, ऊर्जा-बचत प्रविधि उपयोग गर्नेलगायतका व्यवहारलाई प्रोत्साहन गरिने आयोगले जनाएको छ।
लागु मिति तोकिँदै
आचारसंहिता कहिलेदेखि लागू गर्ने भन्ने विषय भने आयोगले छिट्टै निर्णय गर्ने बताइएको छ। आयोगका अनुसार आचारसंहिता लागू भएपछि सबै दल, उम्मेदवार, सरकारी निकाय, सञ्चारमाध्यम तथा सरोकारवाला संस्थाहरू यसका प्रावधान पालना गर्न बाध्य रहनेछन्।
पढ्नुहोस् पूर्णपाठ -