काठमाडौँको ठमेलमा सञ्चालित वाल्डो क्यासिनोका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको हो।
क्यासिनोमा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गर्दै आएको वाल्डो क्यासिनोको अध्यक्षलाई अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
शुक्रबार पक्राउ परेका अध्यक्ष च्यान मिन चिङ्गमाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।