Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेन र रवि मिलेपछि सुदनले भने- अब रास्वपाले चुनावमा ध्यान दिन्छ

द काउन्सिल अफ जेन-जीका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्झौताप्रति टिप्पणी गरेका छन् ।

सुदन गुरुङ्ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौंं । जय देश ।’आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर बालेन शाहबिच एकता सम्झौता भएको हो । उनीहरूबिच ७ बुँदे सम्झौता भएको छ ।

सम्झौतापत्रमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न भने रास्वपाकै घण्टी हुनेछ । यसअघि रवि र बालेनबीच सहमतिको प्रयास चलिरहँदा शनिबार सामाजिक सञ्जालमा सुदनले आफूहरू कुनै पनि राजनीति दलमा संलग्न नहुने संकेत गरेका थिए ।