Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आजपनि सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदी मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७०  रुपैयाँले बढेर ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।