Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

निर्वाचनमा जान प्रमुख दल तयार, वातावरण बनाउन आग्रह

आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने- 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’  

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सफल पार्न आग्रह गरेकी थिइन् । उनले सबै दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्दै सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।