Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता

सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन् ।

शुक्रबार सञ्चारमन्त्री खरेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।  भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।    

यसअघि मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए ।

निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।