नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका रोहित पौडेललाई नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।
यो घोषणा रोहितलाई जेको १५ गाडी हस्तान्तरण कार्यक्रममा गरिएको हो। पौडेलले गत मंसिरमा सम्पन्न एनपीएल २०२५ मा उत्कृष्ट नेपाली खेलाडीका रूपमा उक्त कार पनि जितेका थिए ।
पौडेलले लुम्बिनी लायन्सलाई एनपीएल २०२५ को च्याम्पियन बनाएका कारण उत्कृष्ट प्रदर्शनका लागि ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरिएको थियो।