एमजी र आइएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्षको अवसरमा ‘इलेक्ट्रिफाइड न्यु इयर २०२६’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
उक्त योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारी साधन साटेर एमजी र आइएमका इलेक्ट्रिक गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनिले जनाएको छ ।
योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर समेटिएका छन्। यो अफर एमजी र आइएमका सबै इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ । अफर पुस १० गतेदेखि सुरू भएको हो ।