Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

आजबाट बालेनको पार्टी कार्यालय सञ्चालन हुने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी कार्यालय शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। बाहिरि रङरोगन नगरिए पनि भित्री डेकेरेसनका केही काम सकिएकाले शुक्रबारबाट सञ्चालनमा ल्याउन लागेको हो । 

मेयर शाहले दल सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित ज्वागलमा दुई तले घर भाडामा लिएको उनको सचिवालयले जानकारी दिएको छ। 

मेयर शाहले बुधबार राति र बिहीबार दिनभरि आफ्नो सचिवालय सदस्य कुमार बेनको ज्वागलस्थित घरमा शृंखलाबद्ध भेटघाट र संवाद गरेका थिए।