Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

नेपाली बजारमा आज सुनचाँदी मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । 

यसअघि विहिबार सुन तोलाको २ लाख ६७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५  रुपैयाँले बढेर ४५६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ४४०० मा कारोबार भएको थियो ।