Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आगामी चुनावमा बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभामा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

आजको केन्द्रीय कार्यसम्पादन समितिको  बैठकमा बोल्दै उनले आफूले उम्मेदवारी नदिने बताएका हुन्। 

उनले आफू तीन पटक उम्मेदवार बनिसकेकोले पनि यो पटक उम्मेदवार नहुने बताएका छन्। आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन‘,’ महामन्त्री शर्माले भने।

तर पनि फेरि सर्वसम्मत सिफारिस गरेकोमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु,' उनले भने ।' उनले मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिने बताए ।

फागुन २१ को चुनावको तयारी नपुगेको भन्दै उनले वैशाखमा निर्वाचन गर्न सबैले साथ दिनुपर्ने पनि बताएका छन्।