Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

इनड्राइभले सुरु गर्यो सुरक्षित यात्रा, 'तपाइँकै रोजाइमा' , सेफ्टी अवेयरनेस अभियान

विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाइँकै रोजाइमा' सुरू गरेको छ। प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै तपाईकै रोजाइमा सुरु गरेको हो । 

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलका अनुसार सुरक्षा केवल एउटा सुविधा मात्र होइन, यो साझा जिम्मेवारी पनि हो। इनड्राइभसँग सुरक्षित यात्रा, तपाइँकै रोजाइमा अभियानमार्फत हामी प्रयोगकर्तालाई यो सन्देश दिन्छौं कि भेरिफाइड ड्राइभर छनोट गर्ने, रेटिङ जाँच गर्ने कि लाइभ राइड सेयर गर्ने यस्ता प्रत्येक साना निर्णयले सुरक्षित यात्रामा ठूलो भूमिका खेल्दछ ।

यधपी यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू—जस्तै भेरिफाइड ड्राइभर प्रोफाइल, रियल–टाइम राइड ट्रायाकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई–तर्फी रेटिङ प्रणालीलाई उजागर गर्दछ । 


त्यस्तै, 'इनड्राइभसँग सुरक्षित यात्रा, तपाइँकै रोजाइमा 'अभियान डिजिटल प्लेटफर्महरूमा सञ्चालन हुनेछ ।