एनआइसी एसिया बैंकको अध्यक्षमा अशोक अग्रवाल नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबारको बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।अग्रवाल औद्योगिक तथा व्यापारिक घराना विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् ।
उनी आयात–निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ तथा नेपाल चेम्बर कमर्स जस्ता सस्थाहरुसँग आवद्ध छन् । यसअघि उनी प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीको अध्यक्ष भइसकेका छन् ।