राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया सुरु गरेको छ।
उक्त प्रतिक्रिया आज र भोलि हुने भएको हो । प्रवक्ता मनिष झाका अनुसार प्रतिस्पर्धामा करिब ४ सय जना आकांक्षी सहभागी हुनेछ ।
प्रतिस्पर्धा र प्रस्तुतीकरणको कार्यक्रमहरू गोङ्गबुकाे बिजी ब्यांक्वेटमा जारी रहेको र प्रस्तुतीकरणपछि दुई दिनभित्र प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान हुने प्रवक्ता झाले बताए ।