राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता हुने भएको छ। बालेन र रविबीच आज दिउँसो भेटवार्ता हुन लागेको हो।
आजको भेटबाट सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषय टुङ्गो लाग्ने उनी निकटहरु बताउँछन् । दुई दिनअघि रवि र बालेनबीच झण्डै ६ घण्टा लामो भेटवार्ता भएको थियो।
बालेनले आज बिहान उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका कुलमान घिसिङसँग पनि भेट गरेका थिए। लगत्तै उनले रवि लामिछानेसँग भेटवार्ता गर्न लागेका हुन्।