Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपाको केन्द्रीय कार्यालयमा मन्त्रीसहितको सरकारी टोली, निर्वाचन केन्द्रीत छलफल

मन्त्रीसहितको सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा अवलोकन तथा छलफल गरेको छ ।

सरकारी टोलीले रास्वपासँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको थियो ।  छलफलका लागि कार्यदल संयोजक तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, सुचना तथा सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनालसहितको टोली रास्वपा कार्यालय पुगेको थियो ।  

कार्यालयमा रास्वपाका उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहले सरकारी टोलीलाई स्वागत गर्दै छलफल गरेको थियो ।

सरकारी टोलीले आजै जनमत पार्टी र राप्रपा कार्यालय पुगेर छलफल गरेको थियो ।