नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) सेवालाई थप गुणस्तरीय र तीव्र बनाउन अत्याधुनिक वाइफाई ६ प्रविधि सार्वजनिक गरेको छ। टेलिकमले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न नयाँ राउटर (सीपीई) र पहिलो पटक एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउन लागेको हो।
अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको इन्टरनेट ग्राहकले प्राप्त गर्नेछन्। टेलिकमले यसअघि वाइफाई ५ प्रविधि उपलब्ध गराउँदै आएकाे थियाे ।
यो प्रविधिले उच्च गतिको इन्टरनेट र टिभीका विभिन्न विकल्पहरू उपलब्ध छन्। यी सबै प्याकेजहरू १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् र यसमा मोबाइल डाटा पनि समावेश गरिएको छ।
नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ । यधपी इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ । धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।
वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ । इन्डिभिजुअल प्याकेज अन्तर्गत १. इन्टरनेट र टेलिफोन प्याकेज, २. इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र ३. इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ ।
त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन सकिने वा १९८ मा कल गरेर नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी जानकारी लिन सकिन्छ ।