नेपाल टेलिकमले नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांस करसहित रहेको छ ।
लाभांश अर्थमन्त्रालय तथा आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुने भएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।