Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सकारबीच सहमत

निर्वाचनबारे विस्तृत छलफल गर्न राजनीतिक दलका शीर्ष नेताहरू सहमत भएका छन्। फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने समझदारी पनि भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति बनेको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण बनाउन बालुवाटारमा विस्तृत छलफल गर्ने समझदारी भएको छ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।