Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जाँचबुझ आयोगले रमेश लेखकलाई बयानका बोलायो

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका बोलाएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाएर बयानका लागि बोलाएको हो ।

पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले यसपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी गरेको छ ।

सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएर काम गरिरहेको छ ।

यस क्रममा आयोगको सुरुमा तोकिएको  तीन महिनाको समय सकिएपछि एक महिना थप गरिएको छ । जस अनुसार आयोगको म्याद माघ ९ गतेसम्म रहेको छ ।