Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मन्त्रीसहितको सरकारी टोलीबाट आगजनी भएको नेपाली कम्युनिष्ट पार्टीको कार्यालय अनुगमन

सरकारका मन्त्रीहरुले भदौ २४ मा आगजनी गरिएका राजनीतिक दलका पार्टी कार्यालयको अनुगमन गरेका छन्  ।

NCP_11766482010.jpg

यसैक्रममा मंगलबार सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले नेपाली कम्युनिष्ट पार्टीको पेरिसडाँडास्ठित कार्यालयमा पुगेर क्षतिको अनुगमन गरेको छ ।

NCP_41766482005.jpg

सो अवसरमा मन्त्रीसहितको सरकारी टोलीले क्षतिको अनुगमन गर्नुका साथै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । सरकारी टोलीले आजै नेपाली कांग्रेस र एमालेको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको छ ।

ncp1766482011.jpg