Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

ओलीलाई रविको व्यङ्ग्य- तपाईंको गुन तिर्न अदालतमा तारेखका लागि धाउनु परेको छ

रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै व्यङ्ग्य गरेका छन् ।

आज सोमबार तारेख बुझ्न काठमाडौं अदालत पुगेका लामिछानेले केपी ओलीले आफुलाई गुन लगाएको भन्ने गरेको र त्यही गुन तिर्नका लागि सबै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताए । देशभरका अदालतमा धाउनुपर्दा जीउभरी किला ठोकेको जस्तो महशुस भएको उनको भनाइ छ । लामिछानेले अबको सात दिनभित्र सबै अदालतमा गएर हाजिर गर्नुपर्ने अवस्था रहेको सुनाए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका थिए ।