Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।