भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस ३ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख कित्ता शेयर निष्काशन गरेको हो।
यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।