Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कृषि विकास बैंकले गर्‍यो काठमाडौं जिल्ला अदालतलाई कम्प्युटर सामाग्री हस्तान्तरण

कृषि विकास बैंक लिमिटेडले  जिल्ला अदालत काठमाण्डौलाई कम्प्युटर तथा प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

गत भदौ २४ गते भएको आन्दोलनको क्रममा आगलागीबाट क्षतीग्रस्त भई अवरुद्ध सेवा प्रवाहलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार एक कार्यक्रमकाबीच जिल्ला अदालत काठमाण्डौलाई कम्प्युटर तथा प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

 उक्त कम्प्युटर सामाग्री हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशिल हुमागाई, वरिष्ठ शाखा प्रमुखद्धय महेश्वर मरहट्टा र  ध्रुव पौडेल तथा वरिष्ठ शाखा अधिकृत गिता नेपाल शर्मा एवं जिल्ला अदालत काठमाण्डौको तर्फबाट जिल्ला न्यायधिशद्धय चुरामन खड्का र  दिवाकार भट्ट, उपसचिव तिर्थराज भट्टराई र शाखा अधिकृत सूर्य प्रसाद दाहाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कृषि विकास बैंक लिमिटेडले यस अगाडी पनि सो घटनाबाट क्षतिग्रस्त भई प्रभावित भएका सेवा र अवरुद्ध सेवा सुचारु एव सञ्चालन गर्न विभिन्न सरकारी निकायलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्तै प्रकृतिका सहयोग प्रदान गरेको जनाएको छ ।