Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मधेश प्रदेशको सभामुखमा रामअशिष यादव विजयी

मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टीका रामअशिष यादव विजयी भएका छन् । सात दलीय गठबन्धनले उम्मेदवार बनेका यादवले प्रदेश सभामा ७२ मत पाएर विजयी बनेका हुन् । मतदानमा ९६ सांसद सहभागी रहेका थिए ।  

प्रदेश सभाबाट सत्ता पक्षका यादवलाई निर्वाचित गर्ने प्रस्ताव बहुमतले पारित भएपछि एमालेको तर्फबाट सभामुखको उम्मेदवार बनेका त्रिलोकी प्रसाद चौधरीको प्रस्ताव निर्णयार्थ पेश गरिएन । 

यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन् । यसअघि मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई आचरणविरुद्धको कार्य गरेको आरोपमा संसद्को दुई तिहाइबाट पदमुक्त गरिएको थियो ।