Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रवि लामिछाने आजदेखि पार्टीको कार्यक्रममा सहभागी हुँदै, चितवनमा कार्यकर्तालाई सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रवक्ता मनिष झाक अनुसार लामिछानेआज चितवनको चौबिसकोटीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमपछि लामिछाने आजै दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

त्यस्तै रास्वपाले भोलि आइतबार दिउँसो ३ बजे, सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ । लामिछाने उच्च अदालत बुटवलको आदेशमा शुक्रबारमात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थिए ।