Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २ हजारले घटेर तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार चाँदी तोलाको ४०८० मा कारोबार भएको थियो ।