पछिल्लो तीन दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्से आज कारोबारको अन्तिम दिन १०.६६ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २ हजार ६ सय १५ बिन्दुमा बन्द भएको छ ।
विहीबारको बजारमा कुल ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। कुल ६४ हजारभन्दा बढी कारोबारबाट १ करोड १२ लाख कित्ता सेयर किनबेच भए ।
६३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकमका आधारमा भोटेकोशी हाइड्रोपावर अग्रस्थानमा रहे ।