Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सिद्धार्थ क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता सचेतना कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले देशका विभिन्न स्थानमा लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

कम्पनीले लगानीकर्ता शिक्षा, डिजिटल वित्त, कृत्रिम बुद्धिमत्ता, लगानी जोखिम र विद्युतीय माध्यमबाट हुने ठगी न्यूनीकरणमा केन्द्रित कार्यक्रम गरेको हो।

यस अवसरमा काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थी र काठमाडौं क्रिकेट एकेडेमीका प्रशिक्षार्थी, विराटनगरको साउथ एसियन स्कुल अफ होटल म्यानेजमेन्टका विद्यार्थी, नेपालगञ्जका नेपाल मेडिकल एसोसिएसनका डाक्टर तथा बुटवलको एक्सिस कलेजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको थियो।

कार्यक्रममा विवेकपूर्ण लगानी, जोखिम व्यवस्थापन, डिजिटल प्रविधिको सुरक्षित प्रयोग र लगानीसम्बन्धी ठगीबाट बच्ने उपायबारे जानकारी दिइएको थियो।

विश्व लगानीकर्ता सप्ताह हरेक वर्ष लगानीकर्तालाई सचेत, सुरक्षित र दीर्घकालीन लगानीतर्फ प्रेरित गर्ने उद्देश्यले मनाइन्छ। सिद्धार्थ क्यापिटलले लगानीकर्ता सशक्तीकरणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।