Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमालेको पदाधिकारीमा ओली पक्षका बराल र रिमाल पराजित

नेकपा एमालेको नयाँ नेतृत्व चयनमा ओली पक्षले बर्चश्व कायम गरिरहेका बेला दुई पदाधिकारीका उम्मेदवारले भने हार बेहोरेका छन् ।

ओली पक्षका उपाध्यक्षका उम्मेदवार गुरु बराल र उपमहासचिव पदका उम्मेदार विष्णु रिमाल पराजित भएका हुन् । बरालले ११३७ मत प्राप्त गर्दै छैटौं स्थानमा रहेर पराजित भएका छन् ।

पाँच मध्ये एक उपाध्यक्षमा ईश्वर पोखरेल पक्षका गोकर्ण विष्ट विजयी भएका छन् ।  त्यस्तै उपमहासचिवमा उम्मेदवार बनेका रिमालले १०९१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेर पराजित भएका छन् । रिमाल ओलीका विश्वासपात्र मानिन्छन्  ।

त्यस्तै तीन मध्ये एक उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।