Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सन नेपाल लाइफको इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । 

जसमा १५.२६३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत सेयर बोनस  छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५११ रुपैयाँ रहेको  छ ।

नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।