नेसनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमा ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश रहेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ छ ।
त्यस्तै, २१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।