Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा, सेयरधनीहरुले बोनस सेयर कति पाउछन्?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।