Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमाले महाधिवेशन: मतगणना शुरु गरिदै, एकैपटक अन्तिम परिणाम सार्वजनिक हुने

नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएपछि अब गणना छिट्टै शुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले ८० वटा भोटिङ मेशिनबाट चिप्स निकालिसकेको जानकारी दिदै सबै चिप्सलाई कम्प्युटरमा राखेर मतगणना गर्ने बताएका छन् ।

सुब्बाले सबै ३४२ पदको मत परिणाम एकै पटक सार्बजनिक गर्ने बताएका छन् । उनले प्राविधिकहरुले साढे २ देखि ३ घण्टामा नतिजा निकाल्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।  आजै मतगणना सकिएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह गर्ने तयारी गरिएको छ ।