Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

एमाले महाधिवेशन: ८ बजेदेखि मतगणनाको तयारी

नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले ८ बजेदेखि मतगणनाको तयारी गरेको छ भने करिब २ घण्टामा गणना सकिने भएको छ । त्यसपछि बिहान ११ बजे महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह हुने भएको छ ।