Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

५ अंकले बढ्यो शेयर बजार, ४ अर्ब ५ करोड भन्दा बढी रुपैयाँको कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६२५.७० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १४३ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा स्वस्तिक लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने बाराही हाइड्रोपावरको सेयर बिक्री गर्नेलाई सबैभन्दा धेरै घाटा भयो ।

आज नेप्से झिनो अंकले बढे पनि होटेल तथा पर्यटन र निर्जीवन बिमा कम्पनी बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।