Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नेपाली कांग्रेस: काठमाडौं क्षेत्र नम्बर-७ बाट १९ जनाको नाम सिफारिस

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ १९ जनाको नाम सिफारिस गरेको हो ।

सबिन तामाङ, पुनम लामा, सुशील भट्ट, नीलकाजी शाक्य, सरोजकुमार थापा, प्रमोदहरि गुरागाई, विनोद पन्त, धर्मराज अर्याल, सुरेन्द्र श्रेष्ठ, अन्जु सिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्त मान सिंह मास्के, राजिव श्रेष्ठ, रामशरण थापलिया, शर्मिला फुँयालको नाम सिफारिस भएको छ ।

त्यस्तै, समानुपातिकतर्फ १० जना र राष्ट्रिय सभातर्फ ६ जनाकाे नाम सिफारिस भएकाे छ ।  समानुपातिकतर्फ वासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, प्रमिलादेवी सिंह डंगोल, विजयबहादुर माली, मनोज राना, सरला कोइराला आचार्य, डा.शशी थापा, सिर्जना लामिछाने र हेराकाजी  प्रजापतिको नाम सिफारिस भएको छ ।

राष्टिय सभातर्फ प्रमिलादेवी सिंह डंगोल,  सीताराम केसी, डिल्लीराम नकर्मी, कृष्ण बानियाँ (सबुज), नगेन्द्रध्वज कार्की, गोमादेवी पौडेलको नाम सिफारिस भएको छ।