Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

स्मार्ट एआई टेक्नोलोजीसँग दीर्घकालीन भरोसा: गोदरेजका फ्रन्ट–लोड वाशिङ मेसिनमा ४ वर्षे कम्प्रेहेन्सिभ वारेन्टी

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन भरोसा प्रदान गर्ने उद्देश्यले गोदरेज अप्लाइसेन्सले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूमा ४ वर्षे कम्प्रेहेन्सिभ वारेन्टी सार्वजनिक गरेको छ।

“Only with Godrej” ट्यागलाइनसहित ल्याइएको यस सुविधाले वाशिङ मेसिन सेग्मेन्टमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको कम्पनीको दाबी छ। गोदरेजले ४ वर्षको कम्प्रेहेन्सिभ वारेन्टीसँगै १० वर्षको मोटर वारन्टी उपलब्ध गराउँदै मर्मत, पार्ट्स तथा सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता प्रदान गरेको जनाएको छ।

यी वाशिङ मेसिनहरू AI-Powered Turbidity Sensing प्रविधिसहित डिजाइन गरिएका छन्, जसले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ। यस प्रविधिले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्नुका साथै सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म कडा डिटर्जेन्ट हटाउन सक्षम हुने बताइएको छ। यसबाट कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहने कम्पनीको भनाइ छ।

घरायसी प्रयोगलाई मध्यनजर गर्दै वाशिङ मेसिनमा १०० भन्दा बढी कठिन दाग ९हल्दी, दाल, कुकुम, मेहन्दी, अचार आदि० हटाउने क्षमता, इन–बिल्ट हिटर सहितको Steam Wash Technology, ९५ डिग्री सेल्सियससम्म पानी तताएर गहिरो तथा हाइजिनिक धुलाई, प्रत्येक ४५ वाशपछि स्वचालित रिमाइन्डरसहितको Advanced Tub Clean सुविधा समावेश गरिएको छ।

त्यसैगरी, टप–लोड वाशिङ मेसिनको तुलनामा ६५ प्रतिशतसम्म पानी बचत, १४०० RPM हाई–स्पिन मोटर, शान्त र ऊर्जा–दक्ष Digital Inverter Motor Technology, हल्का प्रयोग भएका कपडाका लागि Refresh Program तथा जीवाणु नियन्त्रणसहितको Hygiene Wash जस्ता विशेषताहरू पनि रहेका छन्।

Godrej का यी प्रिमियम वाशिङ मेसिनहरू Eon Regalis Series अन्तर्गत ८ केजी र ९ केजी क्षमतामा म्याट ब्ल्याक तथा रोज गोल्ड रङमा उपलब्ध छन्। यी उत्पादनहरू नेपालभर इजी इलेक्ट्रोनिक्समार्फत बिक्री वितरण भइरहेको छ।

कम्पनीका अनुसार ४ वर्षे कम्प्रेहेन्सिभ वारेन्टी सुविधा सीमित समयका लागि मात्र लागू हुनेछ। अत्याधुनिक प्रविधि, उच्च हाइजिन र दीर्घकालीन वारन्टीको संयोजनमार्फत गोदरेजले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग भरोसाको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।