नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान केन्द्र परिसरबाट एक जना पक्राउ परेका छन् । प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोपमा एक जना पक्राउ परेको हो ।
पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ ।
केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट हाल्न आग्रह गरिरहेका छन् ।