Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमालेको महाधिवेसन स्थलमा ओलीसँगै ज्योति मगर (फोटोफिचर)

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

OLi_21765954287.jpg

आज बिहान ९ बजेर २० मिनेटदेखि शुरु भएको मतदानमा जारी रहेको छ । नेकपा एमालेको ११औ महाधिवेसन स्थल भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तासँग भलाकुसारी गरिरहेका छन् । उनी गायिका ज्योति मगरसँग कुरा गरिरहेको देखिएका छन् ।    

Oli_41765954284.jpg

जारी मतदानमा एक जनालाई मतदान गर्न २० मिनेट लागिरहेको र एक पटकमा ८० जनाले मतदान गरिरहेको बताएका छन् । २२६३ मतदाता रहेकोकाले मतदान गर्न राति ९ बजेसम्म नै लाग्ने देखिएको छ ।

Oli_31765954285.jpg

यसअघि एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका थिए ।

Oli1765954290.jpg

एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।

Oli_51765954282.jpg